काठमाडौँ– आफ्नो आसन्न भारतभ्रमणबारे राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पुर्व प्रधानमन्त्री, पुर्व परारष्ट्रमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग छलफल गर्दैछिन् । राष्ट्रपति निवास शीतलनिवासमा हुने छलफलमा राष्ट्रपतिले आफ्नो ५ दिने भ्रमणबारे सुझाव लिने बताइएको छ ।


ADVERTISEMENT


बैशाख ४ गते भारत जान लागेकी राष्ट्रपति भण्डारीले यसअघि पुर्व राष्ट्रपति डा. रामबरण यादवसँग परामर्श गरेकी थिइन् । राष्ट्रपति कार्यालय शितल निवासमा पुर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, शेरबहादुर देउवा, डा. बाबुराम भटराई लगायतका नेताहरुलाई बोलाएको शीतलनिवास श्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै राप्रपा अध्यक्ष कमल थापा, पुर्व–उपप्रधानमन्त्रीहरु वामदेव गौतम, रामचन्द्र पौडेल र उपेन्द्र यादवलाई पनि बोलाइएको बताइएको छ ।

भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी भोली भारत जादैछन् । भारत भ्रमणका क्रममा भण्डारीले राष्ट्रपति मुखर्जीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगातका नेताहरुसँग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।