काठमाडौँ– प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसद बाहिरिएका छन् ।


ADVERTISEMENT


अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राप्रपा का सांसदहरू बैठक छाडेर बाहिरिएका हुन् ।


ADVERTISEMENT

# # #


नाराबाजी भइरहेका बेलामा पनि सभामुखले प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिएका थिए । तर, उनले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताएका थिए ।

दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी भएपनि उनीहरुले बैठक छोडेर हिडेका हुन् । यतिबेला स्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।

यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।