काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपालाई जेलमा भएका व्यक्तिलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT


लामिाछनेमाथि पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा लागेको जनाउदैँ घिमिरेले रविलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरूले पाँच वटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’ उनले भने ।

रवि लामिछाने सभापतिमा रहिरहने र रास्वपाले अरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको भनाई छ ।