काठमाडौँ–काठमाडौँ महानगरपालिका २६ वडाले असार १ गतेदेखि काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


२६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी वृहत् खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा महानगरभित्रका ३२ वटै वडा र अन्य १० नगरपालीकाका खेलाडीहरुको सहभागीता रहने खेलकुद संयोजक तथा वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिए । प्रतियोगीतामा फुटसल, टेबलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरि कुल ५ विधामा खेल हुने उनले बताए ।

त्यस्तै काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले खेलकुदका पूर्वाधार निर्माण गरिसकेको र वडामा खेल क्षेत्रको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि वडाले ३५ लाख रुपैया बिनियोजन गरेको छ ।