काठमाडौँ– जब रोगले ढोका ढकढक्याउँछ, उपचार बाहेक अर्को विकल्प हुँदैन। त्यस्तो बेला अस्पतालको बेड नै अन्तिम आशा बन्ने गर्छ। यस्ता आपतकालीन घडी सहज हुँदैनन् — शारीरिक पीडा त हुन्छ नै, आर्थिक बोझ झन् गह्रौं बन्छ।


ADVERTISEMENT


यही चुनौतीलाई सहज बनाउन, केही बीमा कम्पनीहरुले विभिन्न योजना ल्याएका छन्। तर, तीमध्ये सन नेपाल लाइफले पहिलोपटक नेपालमै ल्याएको छ यस्तो सुविधा, जुन अस्पतालको खर्चको कागजात भन्दा पनि अस्पताल बसाइको आधारमा दाबी भुक्तानी प्रदान दिन्छ — यही हो सन मेडिकेयर।


ADVERTISEMENT

# # #


जब आकस्मिक स्वास्थ्य समस्या आउँछ, सन मेडिकेयर हुन्छ तपाईंको साथमा — छिटो, भरपर्दो र झन्झटरहित बीमा समाधान।

के हो सन मेडिकेयर ?

धेरै वटा बीमा कम्पनीहरुले धेरै किसिमका बीमा योजनाहरु बजारमा संचालन गरि रहेको बेलामा नागरिकहरुलाई कुन बीमा योजना कस्तो हो भन्ने किसिमका जिज्ञासा रहने गरेको छ । त्यस्तै समयमा सन नेपाल लाइफले सन मेडिकेयर एउटा नविन बीमा सुविधा रहेको र त्यसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने जनाएको हो । दुर्घटना होस् या गम्भिर रोग — अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने कारण उक्त बीमा योजनामा नागरिकहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।

सन मेडिकेयर आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यस बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ ।

सन मेडिकेयरले कुन कुन रोग तथा आपतकालीन अवस्थालाई कभर गर्दछ ?

-दुर्घटना
-एपेन्डिसाइटिस
-प्यान्क्रियाटाइटिस
-हृदयाघात
-विद्युतीय तथा अन्य जलन
-डुबान
-विषाक्तता
-आन्द्रामा रगत बग्ने
-कीरा र सर्प टोकाइ
-तापघात
-मस्तिष्कमा चोट
-गर्भाशय बाहिरको गर्भ
-मानसिक स्वास्थ्य संकट
-घाउमा संक्रमण ।

सन मेडिकेयर नै किन ?

– शल्यक्रिया सहित अस्पतालमा भर्ना हुँदा

पहिलो २ दिनः प्रति दिन बिमाङ्क रकमको २५ प्रतिशतसम्म तथा त्यसपछिका ५ दिन प्रति दिन बिमाङ्क रकमको १० प्रतिशत रकम पाइने कम्पनीले जनाएको छ । सोही कारण पनि यस्तो बीमामा नागरिकहरुको आकर्षण बढेको कम्पनीले सुनाएको हो ।

– शल्यक्रिया रहित अस्पतालमा भर्ना हुँदा

यता, १० दिनसम्म, प्रति दिन १० प्रतिशतका दरले राहत दिने कम्पनीले जनाएको छ ।

आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न सन मेडिकेयर आवद्ध हुँदा सुरक्षाको सुनिश्चित गर्दै आफ्नो लागि र परिवारको लागि रक्षावरण हुने सन नेपाल लाइफले जनाएको हो ।