गण्डकी – पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सश्स्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन् ।
गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहराईमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं। २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए । अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्कएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए । श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ । रासस