काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसेपनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्रीको राजीनामा र छानविन समिति गठन गर्नुपर्ने आफुहरुको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उनले बताए । दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदासीन देखिएको आरोप लगाए ।

सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सवै प्रतिपक्षी दल एकै ठाँउ रहेको उनले बताए । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गरे ।