काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव, दक्षिण एसिया महाशाखाको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि आज एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा ग¥यो । फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित थिए । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरियो ।

साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो । सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्यहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गरे । सोही अवसरमा भारतीय राजदूतावास, काठमाडौँले ‘नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप’ को घोषणा गरे ।

जसअन्तर्गत नेपालबाट दुई जना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।