काठमाडौँ – हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखालाई ठमेलमा स्थानान्तरण गरेको छ ।


ADVERTISEMENT


बैँकले उक्त शाखालाई स्थानान्तरण गरी आजदेखि ठमेलस्थित संचय कोष भवनबाट ठमेल शाखा नामबाट सम्पूर्ण बैँकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।