काठमाडौँ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा बिहिवार १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको हो ।


ADVERTISEMENT


सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको हो।


ADVERTISEMENT

# # #


सो सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीमा लामो समय सम्म काम गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्न र भविष्यका लागि उत्प्रेरित गर्न सम्मान गरिएको बताए।

यस्तै सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरी बहादुर खड्काले सम्मान कार्यक्रमबाट कर्मचारीहरुलाई उर्जा प्राप्त हुने बताए ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको छ ।