काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नेकपा (माओवादी केन्द्र) ले उनलाई पदत्याग नगरेसम्म संसद सञ्चालन हुन नदिने निर्णय गरेको छ।


ADVERTISEMENT


पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिन सहज बनाउन राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी सचिव लीलामणि पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै गृहमन्त्रीको राजीनाका लागि संसदमा सशक्त ढंगले दबाब सिर्जना गर्ने बताए।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामीले यो विषयलाई संसदमा उठाइसकेका छौं। अब अन्य दलहरूको समर्थनमा गृहमन्त्रीको राजीनामा सुनिश्चित नभएसम्म संसद चल्न दिने पक्षमा छैनौं।’

उनले हिजो संवैधानिक बाध्यताका कारण बजेट प्रस्तुतिका लागि अवरोध नगरेको उल्लेख गर्दै अब संसद अवरुद्ध गर्ने रणनीति अपनाउने बताए।

यता प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सत्तारूढ नेपाली कांग्रेसका शीर्ष नेताहरू भने गृहमन्त्री लेखकको राजीनामा असम्भव रहेको संकेत गर्दै आएका छन्। उनीहरूले लेखकलाई बचाउने संकेतसँगै यो मुद्दा राजनीतिक रूपमा तातिएको छ। फाइल फोटो