काठमाडौँ – सरकारले आगामी आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् । । कुल वित्तीयमध्ये चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत र पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए । उनले कुल बिनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

बजेटको खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने र बाँकी आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री पौडेलले बताए ।