काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालकी नेतृ रेशु तामाङले फेरि लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै नयाँ इतिहास रच्न सफल भएको बताएकी छन् ।
हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि सार्वजनिक गरेको वक्तव्यमा उनले लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो अटल आस्था व्यक्त गर्दै हारलाई पनि ऐतिहासिक उपलब्धिको हिस्सा मानेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘फेरि एकपटक हामीले लोकतान्त्रिक मूल्य र प्रक्रियालाई आत्मसात गर्दै नयाँ इतिहास रच्न सफल भयौं। निर्वाचनको नतिजा जे भए पनि हाम्रो सहभागिता र योगदान नै लोकतन्त्रको बलियो आधार हो।’
उनले निर्वाचनको सम्पूर्ण प्रक्रियालाई गौरवपूर्ण यात्राको रूपमा चित्रण गर्दै त्यो यात्रामा साथ दिने सबै कमरेडहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरिन्। “तपाईंहरूको विश्वास, समर्थन र योगदानले हामीलाई एउटा ऐतिहासिक मोडमा पुर्यायो,” उनले भनिन्।
हारको परिणामले नभई संकल्प, विचार र संगठनप्रतिको समर्पणले भविष्य कोर्ने बताउदैँ उनले अर्को पटक अझ बलियो रूपमा अघि बढ्ने प्रतिबद्वता व्यक्ति गरिन् ।
वक्तव्यको अन्त्यमा उनले आफ्नो पार्टी, संगठन र सम्पूर्ण कमरेडहरूप्रति कृतज्ञता पनि जनाएकी छन् ।