काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासंग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।


ADVERTISEMENT


संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारवाही समेत भएको अवस्थामा कर्मचारीसंग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जुन खालको व्यवहार प्रदर्शन भयो, यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको पुनरावृत्ति हो ।’

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरुले अभिव्यक्ति दिएको उनले बताए । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै बिभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानकिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे । उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरुलाई कारवाही गर्नुपर्नेमा एमाले दृढ रहेपनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए ।

बर्तौलाले वर्तमान सरकार गठन भएपनि कानूनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे ।