काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताए । उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकुलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे ।
खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए ।