काठमाडौं–पार्टी एकताका लागि गठिन एमाले र माओवादी केन्द्रको कार्यदलले प्रतिवेदन लेखनमा छलफल थालेको छ । कार्यदलले ३ सय १ जनासम्म सदस्य रहने केन्द्रीय समितिको खाका तयार पारेको जनाएको छ ।


ADVERTISEMENT


केही दिनदेखि जारी छलफलमा ९९ जनाको पोलिट्व्यूरो र ३३ जनाको स्थायी समिति सदस्य रहने प्रस्ताव अघि सारेको छ । पार्टी एकता संयोजन समितिले गत फागुन सात गते बनाएको प्रतिवेदन समिति र सांगठनिक तथा मस्यौदा कार्यदलले छलफललाई निरन्तरता दिएको हो ।


ADVERTISEMENT

# # #


मस्यौदा कार्यदलले एकीकृत पार्टीको केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने प्रस्ताव गरेको छ । एकीकृत पार्टीको केन्द्रमा तीनवटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ ।

दुई कार्यदलमा छलफलका क्रमका विभिन्न संख्या रहनेगरी छलफल जारी रहेको नेताले बताएका छन् ।

कार्यदलको उपसमितिले जनवर्गीय संगठनको व्यवस्थापनका लागि समाजवादी क्रान्तिको कार्यदिशालाई मुख्य आधार बनाएर जनवर्गीय संगठनको व्यवस्थापन खाकाको प्रतिवेदन तय गरेको छ ।

माधव नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वको संगठन तथा मस्यौदा कार्यदलले प्रतिवेदन लेखनको कार्यलाई अन्तिम रूप दिएका छन् । दुवै उपसमितिले कार्यदलसम्म आज प्रतिवेदन प्रस्तुत गर्दै छन् ।