काठमाडौँ– एन आई सि एशिया बैंक कर्मचारी संघ (एनीक्याब्स) ले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समय देखि समर्पित रुपमा सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताह व्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ । उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।


ADVERTISEMENT

# # #


यस सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ, जसअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिनेछन् ।

एन आई सी एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।