काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी सहकारी प्रकरणमा दायर मुद्दाको बहस सर्वोच्च अदालतमा सकिएको छ। अब अदालत आदेशको चरणमा प्रवेश गरेको छ।


ADVERTISEMENT


न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण र उच्च अदालतको थुनछेक आदेशविरुद्ध पेश भएको पुनरावेदनमाथि आज अन्तिम सुनुवाइ गरेको हो। सोही इजलासमा पूर्वडीआईजी छविलाल जोशीको पुनरावेदनसमेत समावेश गरिएको थियो।


ADVERTISEMENT

# # #


आजको सुनुवाइमा जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस प्रस्तुत गरे। त्यसपछि प्रतिवादी रवि लामिछानेका पक्षबाट अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले जवाफ दिए। पूर्वडीआईजी जोशीको तर्फबाट अधिवक्ता सतीशकृष्ण खरेलले बहस पेस गरे।

जवाफी बहस सकिएसँगै इजलास बन्द भएको छ। अब सर्वोच्च अदालतको निर्णयको सबैको नजरले प्रतीक्षा गरिरहेको छ, जसले यो बहुचर्चित मुद्दामा कानुनी दिशानिर्देश दिनेछ।