काठमाडौँ– नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय गरेका छन् ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका उनले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।
त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले जनाए ।