काठमाडौँ– रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधानका लागि विभिन्न आयोग बनेपनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेज बहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने बताइन् । तर यसका लागि आफ्नो–अर्को नभनी सबमाथि अनुसन्धान हुनुपर्ने उनले उल्लेख गरिन् । श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सहि नभएको धारणा राखिन् ।

उनले राज्यले नै मिटरव्याज पीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप समेत लगाइन् । यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उनले बताइन् । श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउनका लागि पीडितमाथि राजनीति नगर्न सुझाव समेत दिइन् ।