काठमाडौँ– प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारस्थित यी दुई शिर्ष नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
सचिवालयका अनुसार, हिजै देउवा र ओलीबीच भेट तय गरिएकोमा हुन नसकेपछि आज भेटघाट भएको हो ।
भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।