एजेन्सी – बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठक अघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मुल्य चुकाउनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


शान्ति प्रक्रियामा पुटिनको हिचकिचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउदै स्टार्मरले शिखर सम्मेलन अघि विज्ञप्ति जारी गर्दै टर्कीएमा युक्रेन र रूसबिच वार्ता हुने अपेक्षा गरिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


युरोपेली राजनीतिक समुदाय (इपिसी) ले युरोपेली सङ्घका सदस्य र अन्य देशका प्रतिनिधिबीच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।

युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा भेट्दै छन् ।

यद्यपि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा भाग लिने स्पष्ट नभएकाले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूले शान्ति चाहेकोमा शङ्का व्यक्त गरेका छन् ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा इपिसीको स्थापना भएको थियो ।

पुटिनले बिहिबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिए पछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।

बिना शर्त पूर्ण युद्धविराममा सहमति हुनु पर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भिर मूल्य चुकाउनुपर्ने बताएका छन् । रूसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रूसी ऊर्जा केन्द्रीत लक्ष्य हुने लन्डनले जनाएको छ ।

यसैबीच, युरोपेली सङ्घ र बेलायतले विगत केही दिनमा रूसी तेल विरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।