काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पराजित गर्दै संसदीय दलको नेतामा चयन भएका हुन् ।


ADVERTISEMENT


देउवाले कुल खसेको मतमध्ये ४४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका प्रतिद्वन्द्वी सिंहले १९ मतमा चित्त बुझाउनु परेको छ ।


ADVERTISEMENT

# # #


दलको नेता चयनका लागि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान भएको थियो । कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ विजयी २३ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फका ४० जना प्रतिनिधिसभा सदस्यहरुले मतदान गरेका थिए ।