काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन् । पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले गच्छदारलाई उपनेता बनाएका हुन् । कांग्रेस नेता बालकृष्ण खाँडले गच्छदार दलको उपनेता बनेको पुष्टि गरे ।


ADVERTISEMENT


दलको नेताका लागि भएको चुनावमा गच्छदार देउवाका प्रस्तावक थिए । देउवा सोमबार मात्र दलको नेता चुनिएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस संसदीय दलको उपनेता बनेका गच्छदारले चुनावको मुखमा फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए ।