काठमाडौँ– भारत पाकिस्तानको पछिल्लो तनावलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरू विभाजित देखिएका छन् ।


ADVERTISEMENT


भारतले पाकिस्तानविरुद्ध सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को विषयमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको कुरा बाझिएको हो ।


ADVERTISEMENT

# # #


उपमहासचिव शर्माले भारतले सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को पक्षमा मुख खोल्दा महासचिवले भने पहलगामको आक्रमण कसले गरेको निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने अभिव्यक्ति दिएका छन् ।

उनले भनेका छन्, ‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दुस्खद विषय हो । भारतले आक्रमणको कारण केही दिनअगाडि काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’ महासचिव गुरुङले फेसबुकमा लेखका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नैपर्छ । तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।’

यी दुवै नेताले आ–आफ्नो व्यक्तिगत राय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । यद्यपि पार्टीले भने आफ्नो आधिकारिक धारणा दिएको छैन ।