काठमाडौँ – नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायका सवालमा सरकारले सकारात्मक ढंगले काम गरिरहेको जनाएको छ ।
आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्दै माओवादी प्रचण्ड लगाएतका नेताहरुले संक्रमणकालीन न्याय विषय सरकारात्मक रुपमा नै अघि बढिरहेको पाइएको जनाएका हुन् ।
छलफलपछि माओवादी उपमहासचिव बर्षमान पुन अनन्तले संक्रमणकालीन न्यायका विषयमा भइरहेको कामकारवाहीका विषयमा प्रधानमन्त्रीसंग छलफल गरिएको जानकारी दिए ।
उनले यो विषय सकारात्मकरुपमा नै अघि बढिरहेको पाएको उनले बताए । पुनले संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्टका विषयमा पीडितहरु राखेको चासोका बारेमा पनि छलफल भएको उल्लेख गरे ।
उनले सोमबार पीडितहरुसंग माओवादीले छलफल गर्ने जानकारी पनि दिए ।