काठमाडौँ – सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।


ADVERTISEMENT


प्रधानमन्त्रीको निवासमा भइरहेको बैठकमा सरकारका विभिन्न कामकाजका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्नु अघि सत्तारुढ दलहरूको बैठक बोलाएका हुन्।

सरकारको नीति तथा कार्यक्रम आगामी वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्ने छन्।

बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलनसँग सम्बन्धित समसामयिक राजनीतिक मुद्दाहरूमा पनि छलफल हुने जनाइएको छ।