काठमाडौँ – निर्देशक यादव कुमार भट्टराईको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘झिल्को’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।


ADVERTISEMENT


फिल्मको टिजरले डिजिटल युगमा बढ्दो मोबाइल एडिक्सनको समाजमा पर्ने गम्भीर असरलाई उजागर गरेको छ। यसमा विशेषगरी बालबालिकामा मोबाइलको लत र यसको पारिवारिक, मानसिक र सामाजिक असरलाई चित्रित गरिएको छ।


ADVERTISEMENT

# # #


फिल्मको कथावस्तु बालबालिकाले मोबाइल फोनको अत्याधिक प्रयोगको कारण विद्यालय र पारिवारिक जीवनमा पाउने चुनौतीहरूमा आधारित छ। टिजरमा विद्यालयमा मोबाइल फोन प्रयोग गर्दा शिक्षकको आक्रोश, स्मार्टफोनको लतले उत्पन्न हुने पारिवारिक विखण्डन र अभिभावक र सन्तान बीचको बढ्दो दूरीका दृश्य देखाइएका छन्।

झोला’ जस्तो सामाजिक सन्देशमूलक फिल्म निर्देशन गरेका निर्देशक भट्टराईले यस पटक ‘झिल्को’ मार्फत प्रविधिको अनियन्त्रित प्रयोग र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको बारेमा चेतना फैलाउने प्रयास गरेका छन्। फिल्ममा प्रमुख भूमिका आयुषी ढकालको अभिनय रहेको छ । यस्तै अन्य कलाकारहरूमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिस श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ।

‘झिल्को’ फिल्म मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो । कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। फिल्मको छायांकन दीपक बज्राचार्यले गरेका छन्, सम्पादन निमेष श्रेष्ठको र साउण्ड मिक्सिङ श्याम कुँवरले गरेका छन्।

सामाजिक सन्देशमूलक यस फिल्मको रिलिज आगामी वैशाख १९ गते गर्नै तयारी गरिएको छ।