काठमाडौं – भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्।


ADVERTISEMENT


उनी मंगलबार नेपाल आइपुगेका हुन् । ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा आएका खट्टरले हिजै संखुवासभामा कोशी करिडोर २२० केभी प्रसारण लाइन र सवस्टेशनहरूको उद्घाटन गरे।


ADVERTISEMENT

# # #


उनले अरुण९३ जलविद्युत आयोजना अवलोकनका साथै नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। इनरुवा–न्यू पूर्णिया र दोदोधारा–बलेरी ४०० केभी लाइन सन् २०२८र३० सम्म निर्माण हुने लक्ष्य राखिएको छ।