काठमाडौं–इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी भएका छन् । प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–० ले हरायो ।


ADVERTISEMENT


लिभरपुलका लागि ४० औं मिनेटमा मोहम्मेद सलाह र ५५ औं मिनेटमा साडियो मानेले गोल गरेका थिए । जितपछि लिभरपुल १ खेल कम खेलेको म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलबाट ६० र युनाइटेडको २८ खेलबाट ५९ अंक छ ।


ADVERTISEMENT

# # #


अर्को खेलमा टोटेनह्यामले हडल्सफिल्डलाई पनि समान २–० ले नै पराजित गरेको छ । टोटेनह्यामको जितमा दुवै गोल खेलको २७ र ५४ औं मिनेटमा सन हिउङ मिनले गरेका थिए । जितपछि २९ खेलबाट ५८ अंक जोडेको टोटेनह्याम लिगको चौंथो स्थानमा यथावत् रहेको छ ।

त्यस्तै राति नै सम्पन्न अन्य खेलमा वाटफोर्डले वेष्टब्रोमलाई १–० र स्वान्सीले वेष्टह्यामलाई ४–१ ले पराजित गर्दा लेष्टर सिटी र वर्नमाउथले १–१ तथा साउथह्याम्पटन र स्टोक सिटीले गोलरहीत बराबरी खेलेका छन् ।