काठमाडौँ– अबदेखि त्रिभुव विश्वविद्यालयमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि धाउनुपर्ने व्यवस्थाको अन्त्य भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरेसंगै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि बल्खु धाउनु नपर्ने भएको हो ।
परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।
उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।