काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीले गणतन्त्र पक्षधरका दललाई ७ बजे बैठक बस्ने गरी आमन्त्रण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा सम्बोधन गर्ने जानकारी संसद सचिवालयमा पठाएका छन्। यससँगै सत्तापक्षले सदनको अवरोध हटाउने आह्वान गरेको छ।
बैठकमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बुझिइएको छ ।