पोखरा- नेपाल-भारत बीचको सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदल (जेडब्लूजी) को १३ औं बैठक २७-२८ मार्च २०२५ मा नेपालको पोखरामा सम्पन्न भएको छ। भारतको प्रतिनिधिमण्डलको नेतृत्व श्री मिहिर कुमार, सहसचिव (सीमा व्यवस्थापन), भारत गृह मन्त्रालयले गरे भने, नेपालका प्रतिनिधिमण्डलको नेतृत्व श्री रामचन्द्र तिवारी, सहसचिव (सुरक्षा र समन्वय), नेपाल गृह मन्त्रालयले गरेका थिए।
बैठकमा दुवै पक्षले १५–१६ जुन २०२२ मा नयाँ दिल्लीमा भएको अघिल्लो जेडब्लूजी बैठकका निर्णयहरूको समीक्षा गरे, विशेष गरेर सीमा स्तम्भहरूको मर्मत र अनुरक्षणसँग सम्बन्धित विषयमा।
साथै, सीमा पार आपराधिक गतिविधिहरू, सीमा पूर्वाधारको सुदृढीकरण, विशेष गरेर अन्तर्राष्ट्रिय सीमा चौकी, सडक र रेल नेटवर्कको सुधार, सुरक्षा संस्थाहरूको सशक्तिकरण र क्षमता विकास, र विपत्ति जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोगका उपायहरूमा छलफल भयो। जेडब्लूजीले आपसी कानूनी सहकार्य सम्झौतासम्बन्धी र सीमा जिल्ला समन्वय समितिको कार्यसम्पादनको प्रगति पनि समीक्षा गर्यो।
दुवै पक्षले जेडब्लूजी बैठकहरूको नियमित रूपमा आयोजना गर्न सहमति जनाएका छन्। भारतीय प्रतिनिधिमण्डलले आगामी वर्ष भारतमा हुने जेडब्लूजी बैठकमा नेपाली प्रतिनिधिमण्डललाई निमन्त्रणा पनि प्रदान गरेको छ।