चितवन- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले व्यक्तिलक्षित अराजकता बारे जेसीसको आवाज उठाउनु आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


चितवनमा आयोजित जेसीआई नेपाल २०२५ राष्ट्रिय काउन्सिलर एकेडेमी कार्यक्रममा सम्बोधन गर्दै सभापति बानियाँले वर्तमान राजनीतिक अवस्थामा व्यक्तिलक्षित अराजकता बारे जेसीसको आवाज उठाउनु आवश्यक भएको बताएक हुन् ।


ADVERTISEMENT

# # #


सभापति बानियाँले इतिहास र वर्तमानका विषयमा विचार गर्दै भने, ‘पद भनेको पहिचान र प्रतिष्ठा हो, नजानेमा त्यो पतनको कारण बन्न सक्छ।’ उनले गणतन्त्रको महत्व बुझ्दै, सत्तापक्षबाट स्वच्छ प्रतिस्पर्धा र विधिको शासनको सुनिश्चितता गर्नु आवश्यक रहने कुरामा समेत जोड दिए ।

बानियाँले भने, ूकानून व्यक्तिको होइन, विधिको हो। यदि कुनै व्यक्तिले गलत काम ग¥यो भने जनताले विधिको शासनमार्फत त्यसको परिवर्तन गर्न सक्छ।ू

उनले जेसीसको ६१ वर्षको इतिहासलाई सँगै निरन्तरता र नयाँ सोचको अभिवृद्धिका रूपमा स्वागत गर्दै, सरकारले अझै नयाँ दृष्टिकोण र विचारका साथ अघि बढ्न सक्ने आशा व्यक्त गरे ।