काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
कुलमानलाई हटाएसँगै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनको आगामी साउन २५ मा कार्यकाल सकिँदै थियो । तर, सरकारसँगको द्वन्द्वपछि उर्जामन्त्रालयले पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त नबुझेपछि सरकारले पदबाट हटाउने निर्णय गरेको हो ।