काठमाडौं – बाजुराको एक गाउँपालिकाले बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द गर्न निर्देशन दिएको छ । बाजुराको गौमुल गाउँपालिकाले सो स्थानीय तहमा सञ्चालित सबै बैंक तथा वित्तीय संस्था बन्द गरी एक महिनाभित्र सबै सदस्यको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


गाउँपालिका कार्यालयले फागुन १० गते त्यहाँस्थित ३ वटा बैंक तथा वित्तीय संस्थाको नाममा पत्र लेख्दै उनीहरुको कारोबार रोक लगाउने निर्णय गरेको हो । गाउँपालिकाले निर्धन उत्थान विकास बैंक, किसान माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा पत्र काटेको हो । पत्रमा फागुन ८ गतेको दोस्रो गाउँसभाबाट निर्णय भएको भन्दै सहकारीहरुलाई मात्र बढावा दिने उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #