काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘चेन अफ कमाण्ड’मा रहेर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन ।


ADVERTISEMENT


थापाले व्यक्तिगत स्वार्थ र लोभबाट माथि उठेर देश र जनताको पक्षमा काम गर्न पनि आग्रह गरे । नेपालको सीमा क्षेत्रको सुरक्षाका साथै सीमा क्षेत्रमा हुने अपराध र चोरी निकासी नियन्त्रण गर्न गृहमन्त्री थापाले निर्देशन दिए ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई भरपर्दो केन्द्रीय सुरक्षा निकायको रुपमा अगाडि बढाउन आग्रह गरे ।