काठमाडौँ-गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ ।


ADVERTISEMENT


गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।