काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकलाई समितिबाट छिटै पारित गर्ने बताएका छन् ।
जल तथा उर्जा आयोगको सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति सिंहले समितिमा छलफलका क्रममा रहेको जलस्रोत विधेयक, २०८१ छिटै अघि बढ्ने बताएका हुन् ।
उनले विधेयकमा सहमति जुट्न बाँकी रहेका केहि बिषयमा पनि छिटै सहमतिमा पुगिने जानकारी दिए । राष्ट्रहित र जनहित हुने गरि कानून बन्नुपर्ने भएकाले समितिले बिज्ञहरु र सरोकारवाला निकायहरुसंग गम्भीर भएर छलफल गरेको उनले बताए । उनले जलस्रोत विधेयक दुई हप्ताभित्र टुङ्गो लगाएर सदनमा पेश गर्ने धारणा राखे ।
सभापति सिंहले पहिलेका शासकहरुले पानीको महत्व धेरै बुझेको भएपनि अहिलेको शासकहरुले पानीको महत्व बुझ्न नसकेको जिकिर गरे ।