काठमाडौँ – राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसंग छलफल गर्न माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसद शाहीले विदेशबाट आएको सहयोग रकमको हिसाबकिताब राष्ट्र बैंकसँग हुने भन्दै अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसंग छलफल गर्न माग गरेका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्ट देश भनेको र संघीयताकासाथै जैविक विविधता लागि प्राप्त सहयोग फ्रड हो भनेकाले नेपालमा आएको सहयोगको छानविन गर्नुपर्ने उनले बताए ।
सांसद शाहीले अनुदानमा आएका रकमको सवै हिसाब अर्थ समितिले माग गर्नुपर्ने उल्लेख गरे । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्तासंग छलफल गर्न बोलाएको बैठकमा कार्यसूचीबाहिरका विषयवस्तु राखेपछि सभापति सन्तोष चालिसेले सांसद शाहीको ध्यानाकर्षण गराएका थिए ।