काठमाडौँ – मकवानपुरको थाहा नगरपालिका–८ का २४ वर्षीय रमेश थिङ ८ किलो चरेश सहित पक्राउ परेका छन् । बुधवार बिहान धादिङबाट काठमाडौं आउँदै गरेको बा। २ ख ८८१९ नम्बरको बस चेकजाँच गर्ने क्रममा रमेशको साथबाट उक्त चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


त्यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार धादिङतर्फबाट पैदल हिँडेर काठमाडौँ आउँदै गरेका ललितपुरका सुरज खड्गी र सिन्धुपाल्चोकका कौशल श्रेष्ठलाई १ केजी गाँजा सहित नियन्त्रणमा लिएको थियो । ललितपुरको बंगलामुखी बस्दै आएका सुरजले बोकेको खैरो निलो रङको झोलामा ३ ओटा प्लाष्टिकको थैलीमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेको अभियुक्तहरु तिनै जनालाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी वृत थानकोट पठाइएको नागढुंगा प्रहरीले जनाएको छ ।