काठमाडौँ– राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसंग माग गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थीतिका बिषयमा सामाजिक सञ्जालमा नभइ परराष्ट्रमन्त्री वा सम्बन्धीत निकायले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त घटनाको कुटनीतिक तवरले अनुसन्धान गर्न उनले बताए । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठिक नभएकाले लाखौ विद्यार्थीहरु पठ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखे ।

अहिले देशको अवस्था ठिक छैन भन्ने कुरा र छिमेकीहरुले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने उक्त घटनाबाट प्रमाणित भएको उनको भनाई छ ।