काठमाडौं–प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी मुख्यालय पुगेका छन् । बादल १४ फागुनमा गृहमन्त्रीमा नियुक्त भएका थिए ।


ADVERTISEMENT


ब्रिफिङको सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् । अब केहीवेरमा गृहमन्त्री थापाले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेछन् ।


ADVERTISEMENT

# # #


प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु ब्रिफिङमा सहभागी रहेको स्रोतले बतायो ।

यसअघि गृहमन्त्री नियुक्त भएलगत्तै प्रतिक्रिया दिँदै थापाले नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने बताएका थिए ।