काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।


ADVERTISEMENT


सिहदरबारमा बिहीबार बसेको समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल सुरु भएको हो । छलफलका क्रममा विधेयकको प्रस्तावना नै संशोधन गर्ने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


विधेयकको प्रस्तावनामा संशोधन गरी पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री भन्ने शब्द थप गर्ने सहमति भएको हो । त्यस्तै छलफलका क्रममा विधेयकका केहि दफाहरुलाई समेत सर्वसम्मतले पारित गरेको छ । विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि तीव्र रुपमा छलफल गरि पारित गर्ने समितिको तयारी छ ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न सरकारको उक्त विधेयक ल्याएको हो ।