ललितपुर– बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले महाकाल गाउँमा बाढी पहिरोले पुर्याएको क्षति व्यहोर्न बजेटको व्यवस्थापन गर्नुपर्नै बताएका छन् ।
बुधवार बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामासंग भेटवार्ता गरी उनले आगामी बजेटमा पुनः निर्माण कार्यमा विशेष प्राथमिकताको साथ बजेट व्यवस्थापन गर्नका लागि पहल गरेका हुन् ।
उक्त भेटवार्ता कार्यक्रममा महांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसी, नेपाली कांग्रेस क्षेत्रिय सभापति सुन्दरमान थिङ लागयत वडाध्यक्षहरुको उपस्थित रहेको थियो ।
गत असोज १०,११,१२ मा आएको बाडी पहिरोले ललितपुरको दक्षिण भेगमा ठूलो जनधनको क्षति पुर्याएको थियो । सोही क्षतिको पुनः निर्माण गर्न बजेट छुट्याउन अनुरोध गरिदिनका लागि मन्त्री महर्जनको समन्वयमा उक्त बैठक बसिएको हो ।