काठमाडौँ- विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको हो ।
विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।
विपक्षी दलको बैठक आज पनि बसेको छ । आजको बैठकले संसद अधिवेश बोलाउन संयुक्त दबाब दिने निर्णय गरेको छ ।