काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरुले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाई छ । उनले अन्तराष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले आफ्नो पार्र्टीले बेठिक कुराको विरोध र सही कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे । उनले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गरे । निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ ।