काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरु लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् । उनले सर्जकहरुले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएका धारणा राखिन् ।


ADVERTISEMENT

# # #


भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा इश्वर पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताइन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही तवरले अघि बढाउन आमाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा रहेपनि राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि रहेको उनले बताए ।

त्यस्तै पुस्तकका लेखक एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आमाहरुको नायकत्व स्थापीत गर्न आफुहरुको तर्फबाट राजनीतिक हिसावले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए । ‘आमा, सपना र ताराहरु’ संस्मरण कृतिलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा प्रकाशन गरेको हो ।