काठमाडौं–नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान नौ बजेबाट सुरु भएको बैठकमा संसदीय दलकोे विधान पेश गर्ने कार्यक्रम रहेको छ । शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले संघीय संरचना अनुसार दलको विधान पारित गरेको थियो ।


ADVERTISEMENT


सोही विधान केन्द्रीय समितिले पारित गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । संसदीय दलको विधान पारितसँगै समसामयीक विषयमा समेत छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार चुनावी समिक्षाका साथै काँग्रेसको भावी रणनीतिका बारेमा समेत बैठकमा छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा नेता प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् ।