काठमाडौ । आखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा अन्डर १६ नकाउट फुटबल आजबाट एन्फा एकेडेमी सातदोबाटोमा सुरु भएको छ। बागमती बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रतियोगिताको समुट्घाटन गर्दै मन्त्री महर्जनले बिश्व कै लोकप्रिय खेल फुटबल भएको र देशैभरी फुटबलको प्रभाव रहेकोले सरकारले पनि फुटबल लगाएत अन्य खेललाई प्राथमिकतामा राख्न सुझाब दिनु भएको छ।
त्यस्तै बागमती प्रदेशले पनि खेलकुद बिकास र बिस्तारको निमित्त खेलकुद गतिविधिको लागि प्रतिबद्ध भएर अगाडी बद्ने उनले बताए। यतिखेर नेपालमा क्रिकेट खेल पनि त्यतिकै लोकप्रिय बढ्दै गएको उनले बताए।
समग्र तुलनामा न केन्द्र मा बजेट छ, न प्रदेशमा छ, यदि युवाहरुलाई स्वदेशमै राख्ने बाताबरण बनाउने हो भने युवाहरुलाई खेलकुद गतिविधि मार्फत खेलाडीहरुको जिबिका उत्पादन गर्ने सरकारले बाताबरण बनाउनु पर्ने मन्त्री महर्जनको भनाइ रहेको छ। त्यसको लागि सरकारको खेलकुदमा लगानी आवश्यक रहेको उनले बताए। युवाहरुको खेलकुद प्रती निकै नै चासो राख्ने र नेपालमा खेलाडीहरु खेल खेलेर आफ्नो जिविका चेल्ने नदेखेरै गेम खेल्ने, मेडल जित्ने, आफ्नो प्रोफाईल बढाउने, अनि राम्रो देशको भिषा लाउने, अनि रोजगारको निमित्त उतै पलाएन हुने गरेको उनको भनाई रहेको छ।
प्रतियोगिताको सभापतित्व अखिल नेपाल फुटबल संघ अध्यक्ष पंकज बिक्रम नेम्वाङले गरेका थिए।